Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

एमालेको नेतृत्व चयनका लागि आज मतदान हुँदै


नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । राजधानीको भृृकुटीमण्डपमा एमालेका २ हजार २६३ प्रतिनिधिले मतदानमार्फत नेतृत्व चयन गर्दैछन् ।
अध्यक्षमा ईश्वर पोखरेल र केपी शर्मा ओली प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे र ओली प्यानलबाट शंकर पोखरेल उम्मेदवार बनेका छन् । विद्युतिय भोटिङ मेसिनबाट हुने मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिने जनाइएको छ । मतादन १२ बजेबाट शुरु हुने भनिएपनि केही समय पर धकेलिने सम्भावना छ ।
मतदान सकिएसँगै सम्भवत: आज अबेर नतिजा समेत सार्वजनिक हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार