एमालेको नेतृत्व चयनका लागि हिजो बिहान ७ बजेबाट गर्ने भनिएको मतदान अझै शुरु हुन सकेको छैन ।
मतदानका लागि भृकुटीमण्डपमा बिहानै पुगेका महाधिवेशन प्रतिनिधिहरुले राती आठ बजेसम्म कुर्दापनि मतदान गर्न पाएनन् । मतदानको समय पटकपटक सरेपछि प्रतिनिधिहरु निराश भएर फर्किएका थिए ।
मतदानका लागि भनेर लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरुलाई बुधबार बिहान आउँन भन्दै फर्काइएको थियो । अहिले बिहानैबाट महाधिवेशन प्रतिनिधिहरु भृकुटीमण्डप पुगेका छन् । तर, आज पनि बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदानको छाँटकाँट अझै केही देखिएको छैन । भोटिङ मेसिनमार्फत प्रतिनिधिहरुले मतदान गर्नेछन् ।





