एमालेको ११ औं महाधिवेशन सकिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेनजी आन्दोलन जाँचबुझ आयोगले बयान लिने तयारी गरेको छ ।
ओलीसँग बयान लिनुअघि आयोगले ओली सरकारका गृहमन्त्री रमेश लेखकसँग बयान लिनेछ । लेखकले बयान दिने या नदिने भन्ने विषयमा केही नबोलेपनि ओलीले भने बयान नदिने बताउँदै आएका छन् ।





