Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेट गर्ने उद्देश्यले आज भारत जाँदैछन् ।

भट्टराईका स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा भट्टराईले आइआइटी बम्बैमा टेक फेस्ट र नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्ने तालिका छ । उनी पुस ९ गते नेपाल फर्किने छन् ।

जेन्जी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर सक्रिय भट्टराईको आन्दोलनपछि पहिलो औपचारिक भारत भ्रमण हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार