Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री कार्की


 प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएका छन्। आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले नेपालको संस्कृति सम्पदा मौलिक रहेको भन्दै आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन नहुने बताएका हुन्।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने उनको भनाइ छ । उनले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा पनि राखिन्।

परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको समेत गरेको छ ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 


प्रतिक्रिया दिनुहोस !
विचार