Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र


जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र काट्न बाँकी रहेको उनको भनाइ छ । सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल तीन महिना तोकिएको थियो। तर हालसालै एक महिना थपिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार