Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कांग्रेसको महाधिवेशन लम्बिन सक्छः शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केहि लम्बिन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रममा कोइरालाले आफु तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने पक्षमा नै रहेको भन्दै क्रियाशील सदस्यका विषयमा भएको ढिलाइले महाधिवेशन केहि लम्बिन सक्ने देखिएको बताएका हुन् । नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको काजगात पठाएपछि आफु चनाखो भएको उनले बताए । कोइरालाले महाधिवेशन केहि लम्विए पनि त्यसले खासै फरक नपर्ने धारणा समेत राखेका छन् ।

उनले विशेष अधिवेशनको माग गर्ने र चूनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफुलाई खेलाउन खोजेको महशुस भएपछि चूनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफुले मागमा अडिक भएको बताए ।

शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभूती नभएसम्म हुन नसक्ने भन्दै उनले चूनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे । उनले देश यहि अवस्थामा रहन्छ वा रहदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताएका छन् ।

कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सवै गम्भीर हुनुपर्नेमा जोड दिए । जेनजीको आन्दोलनका क्रममा भाद्र २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार