Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

बालेन साह आफ्नै नेतृत्वमा पार्टी अघि बढाउँने तयारीमा, रविसँग कुरा नमिल्ने ठम्याई


काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नयाँ योजनामा अघि बढेका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ता सन्तोषजनक नभएको निष्कर्ष सहित उनी आफ्नै नेतृत्वमा पार्टी अघि बढाउँनेगरी तयारीमा लागेका हुन् ।

सोही तयारी अनुसार बालेन साहले बुधबार मात्रै राप्रपा नेता ज्ञानेन्द्र शाहीसँग लामो संवाद गरे । आफ्ना निकटतम सहयोगी कुमार बेनको ललितपुरस्थित घरमा मेयर बालेन र शाहीबीच करिब ४ घन्टा कुराकानी भएको हो ।
मेयर बालेन र आफूबीच संवाद भएको कुराको पुष्टि स्वयं शाहीले समेत गरेका छन् । तपाईँ र मेयर बालेनबीच कुराकानी भएको हो भन्ने आजको प्रेसको प्रश्नमा शाहीले भेटवार्ता भएको स्वीकार गरे । मेयर साहले शाहीसँग मात्रै नभएर अन्य विभिन्न नेताहरुसँग पनि बुधबार दिउँसोबाट कुराकानी गरेको बुझिएको छ ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, विवेकशील साझाका पूर्व अध्यक्ष मिलन पाण्डे लगाएतसँग पनि उनले कुराकानी गरेको बुझिएको हो । यद्यपि कांग्रेस नेता भण्डारीसँग भेटवार्ता भएको भन्ने कुराको भने पुष्टि हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार