बालेन साह संघीयताका पक्षमा खुलेका छन् ।
प्रदेशसभा चुनावमा मत नहालेका बालेनले पछिल्लो राजनीतिक भेटवार्ताका क्रममा आफूलाई संघीयताका पक्षमा उभ्याएका हुन् । जेनजी अगुवा रक्षा बमका अनुसार बालेनले संघीयता, धर्मनिरपेक्षता जस्ता सैद्धान्तिक विषयमा सहमति जनाएका छन् ।
बालेनसँग सैद्धान्तिक कुरा मिलेपछि आफूहरु पनि बालेनसँगै राजनीतिक यात्रा गर्न तयार भएको उनको भनाई छ । बालेनले प्रदेशसभा चुनावमा मत नहालेपछि उनी संघीयता बिरोधी भएको अनुमान गरिएको थियो ।





