Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

बालेन र रवि प्रष्ट हुनुपर्ने कुरा


राजनीतिक समाचारका हेडलाइनमा अहिले दिनुहँजसो बालेन र रवि छन् । उनीहरुबीच भएका र हुन लागेका भेटघाटले सामाजिक सञ्जालदेखि लिएर मुलधारका मिडियामा समेत राम्रो कभरेज पाएको छ । उनीहरु एकठाउँमा उभिए हुन्थ्या र उनीहरुको एकताले ठूला दलका नेताहरुलाई आउँदो चुनावमा धुलो चटाए हुन्थ्यो भन्ने चाहना पुराना दलबाट वाक्कदिक्क भएकाहरुमा देखिन्छ । तर, बालेन र रवि केही कुरामा प्रष्ट पनि हुन आवश्यक छ भन्नेतर्फ भने खास कसैको ध्यान गएको देखिँदैन ।
बालेन, रवि लगाएतकाहरु एक ठाउँ उभिँदा त्यसले संसदीय राजनीतिको अंकगणितमा ठूलो फरक पार्न पनि सक्छ ।

केहीले चाहना गरे जस्तै ठूला दलका नेताहरु आउँदो चुनावमा उतानो टाङ्ग लाग्न पनि सक्छन् । अनि बालेन, रवि लगाएतकाहरु एक ठाउँमा उभिँदा कतिपय ठूला दलका नेताहरुले अरुलाई अवसर दिए जस्तो गरेर चुनाव नै नलड्ने घोषणा पनि गर्न सक्छन् । तर, केही वर्षयता उठेका तीनवटा प्रश्नबारे बालेन र रवि प्रष्ट भएर अघि नबढ्ने हो भने भोलिका दिनमा उनीहरुको सैद्धान्तिक विचारबारे बारम्बार प्रश्न उठिरहन्छ । उनीहरुले यही र यसै गर्नुपर्छ भन्ने होइन । उनीरुले आफूलाई यही र यस्तै विचारमा लैजानुपर्छ भन्ने होइन । तर, देशको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रकामाथि नै केहीले प्रश्न उठाइरहेका बेला त्यसबारे आफ्नो धारणा चाहिँ प्रष्ट पार्नुपर्छ ।
बालेन साह जसले यसअघि प्रदेश सभा चुनावमा मत हालेका थिएनन् ।

उनले प्रदेशसभा चुनावमा मत नहालेका कारण उनलाई धेरैले बालेन संघीयताविरोधी हुन् भनेर अनुमान पनि गरे । उनले प्रदेशसभा चुनावमा मत नहाल्दा संघीयता विरोधी खुसी भए भने संघीयता पक्षधर निराश भए । हो, सघीयता ठिक या बेठिक ? संघीयता चाहिन्छ या चाहिँदैन ? यो विषयमा बालेन साहले प्रष्ट रुपमा बोल्नुपर्छ । अहिले बालेनले सघीयता स्विकार गर्ने भनेकाले हामीहरु बालेनसँगै राजनीतिक यात्रामा जोडिने भयौं भनेर रक्षा बम लगाएतले अभिव्यक्ति सार्वजनिक गरेका छन् । यदि त्यो सही हो भने बालेनले भन्न सक्नुपर्छ म संघीयता पक्षधर हुँ । यदि होइन भने पनि उनले प्रष्ट भन्नुपर्छ म संघीयता पक्षधर होइन । अनि सँगै रास्वपा सभापति रवि लामिछानेले केही महिनाअघि कारागारबाट एउटा पत्र सार्वजनिक गर्दै संघीयताका विषयमा आफ्नो फरक धारणा सार्वजनिक गरेका थिए । त्यो के हो ? त्यस विषयमा पनि उनले प्रष्ट रुपमा भन्नुपर्छ । संघीयताका कारण देश आर्थिक रुपमा कमजोर भयो । प्रादेशिक संरचनाका कारण विभिन्न प्रदेशमा मन्त्री, सांसद र उनीहरुका आसेपासे पाल्दैमा देशको बजेट सकियो भन्ने जस्ता तर्क केहीले गरिरहेका छन् । यो विषयमा रवि र बालेनहरुले आफ्ना कुरा प्रष्ट रुपमा जनतमाझ राखेर अघि बढ्नुपर्छ । अहिले नै संघीयता ठिक या बेठिक भन्ने कुराले आउँदो चुनावमा आफूहरुलाई आउँने मतमा प्रभाव पर्न सक्छ त्यसैले चुप लागेर जाऊँ भन्नु त्यति नैतिकवान राजनीति नहुन सक्न ।

अनि धर्मनिरपेक्षताका सवालमा पनि प्रश्न उठेको छ । बालेन र रवि धर्मनिरपेक्षताका पक्षमा या अरु केही भन्ने विषय पनि खुल्नुपर्छ । नेताले प्रस्टसँग आफ्ना कुरा राखेर अघि बढ्ने हो । हरेक कुरामा मतको हिसाबकिताब गरेर जिब्रो चपाइयो भने भोलिका दिनमा त्यसबाट जनताले धोका पाएको महसुस गर्न सक्छन् । त्यसैले प्रस्ट रुपमा भन्नुपर्छ हामीहरुको लाइन यो हो भनेर ।

यस्तै गणतन्त्रकाप्रति नै प्रस्न उठाउँनेहरु पनि छन् । यो विषयमा पनि बालेन र रविले आफ्नो धारणा प्रस्ट पार्नुपर्छ । उनीहरुले यही भन्नुपर्छ, यसै गर्नुपर्छ भन्ने होइन । तर, जनतालाई प्रस्टसँग नबुझाई अहिले को सभापति र को प्रधानमन्त्री ? कसलाई पार्टीको केन्द्रीय कमिटीमा कति प्रतिशत भन्ने कुराको मात्रै टुंगो लगाएर जाँदा भोलिका दिनमा उनीहरुलाई पनि कुर्सी र सत्तामुखी नेताहरुको आरोप लाग्न सक्छ । प्रस्ट हुने या नहुने ? प्रस्ट नपार्ने ? यो कुरा भने बालेन र रविहरुकै कुरा हो ।


प्रतिक्रिया दिनुहोस !
विचार