Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

रविसँग मिल्न नसकिने कुलमानको संकेत


उर्जामन्त्री कुलमान घिसिङले रास्वपासँग मिल्न सकिने अवस्था नरहेको संकेत गरेका छन् ।

रास्वपाले सह अस्तित्व नै अस्विकार गरेको आरोप लगाउँदै उनले आफ्नो सबै गुमाएर कसरी मिल्न सकिन्छ भनी प्रश्न गरे । बालेन र रवि लामिछानेबीच पार्टी एकताको कुरा घनीभूत रुपमा अघि बढिरहेका बेला कुलमान घिसिङको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

शुरुमा रवि र बालेन मिल्ने अनि त्यसपछि मात्रै कुलमानलाई सहभागी गराउँने भन्ने खबर यो बीचमा सार्वजनिक भएको थियो । तर, बालेनले कुलमानसँग कुरा गरेर मात्रै अघि बढ्ने इच्छा व्यक्त गरेपछि आज दिउँसो बालेन र कुलमानबीच वार्ता भयो । वार्तास्थल गोप्य राखिएको छ । उक्त वार्तामा सहभागी भएर फर्किएपछि कुलमानले पछिल्लो अभिव्यक्ति केही सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार