पूर्वगृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदैछन् ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिंहदरबारस्थित कार्यालयमा लेखक बयान दिन जान लागेका हुन् । १२ बजे उनी बयानका लागि जाने र बयान सकिए लगत्तै सिंहदरबारमा नै लेखकले पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेका छन् । दुई दिन भएको जेनजी आन्दोलनका क्रममा तत्कालिन गृहमन्त्री लेखकले पहिलो दिन साँझ अर्थात भदौ २३ गते पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।





