मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन नेतृत्वको राष्ट्र निर्माण दल नेपालको आज घोषणा हुँदै छ । प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसुची बुझाएको उक्त दलले आज काठमाडौंको राष्ट्रियसभा गृहमा दिउँसो दुई बजे घोषणा समारोह राखेको छ ।
उक्त पार्टीमा कांग्रेस, एमाले, माओवादी लगायत विभिन्न राजनीतिक दलमा लामो समय काम गरेका नेताहरु र विभिन्न क्षेत्रका प्रतिष्ठीत व्यक्तिहरु सहभागि हुने माओवादीका पूर्व सांसद तथा मन्त्री हुसेनले जानकारी दिए ।
उक्त दलमा विभिन्न दलमा लामो समय काम गरेका दलित, मुस्लिम, अल्पसंख्यक, मधेसी समुदायका व्यक्तिहरु नेतृत्वमा रहनेछन् । चिकित्सा क्षेत्रका चर्चित व्यक्तित्व र कला, खेल क्षेत्रका चर्चित व्यक्तित्वहरु पनि उक्त दलमा आउने हुसेनले बताए।
हुसेनका अनुसार घोषणा सभामा सहभागि हुन विभिन्न जिल्लाबाट ७ हजार भन्दा बढी सर्वसाधारण राष्ट्रियसभा गृहमा आउँदैछन् ।





