प्रधानमन्त्री सुशीला कार्कीले दलका पछि लागेका मन्त्रीहरुको राजीनामा मागेपछि उर्जामन्त्री कुलमान घिसिङले हास्यास्पद जवाफ दिएका छन् ।
आफू कुनै पार्टीमा नरहेको भन्दै मन्त्री घिसिङले जवाफ दिएपछि उनको अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । मन्त्री घिसिङले केही समयअघि आफ्नै सकृयतामा उज्यालो नेपाल पार्टी खोलेका थिए भने केहीदिनअघि मात्रै उक्त पार्टीलाई रास्वपामा समायोजन गर्ने निर्णय गराएका थिए । आफू रास्वपाको वरिष्ठ उपसभापति बन्नेगरी पार्टी समायोजनको निर्णय गराएका मन्त्री घिसिङले यतिबेला भने आफू कुनै पार्टीमा नरहेको जवाफ दिएका छन् ।
घिसिङले आफ्ना तर्फबाट रास्वपाको समानुपातिक सूचीमा पठाएको नाम विवादित बनिरहेका बेला आफू कुनै पार्टीमा नरहेको भन्ने अभिव्यक्तिले उनी थप विवादमा तानिएका छन् ।




