ताली बजाउँन उर्जा मन्त्री कुलमान घिसिङको पछि लाग्दा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तनावमा परेका छन् ।
रास्वपासँग उज्यालो नेपाल पार्टीको एकता सम्बन्धी हस्ताक्षर कार्यक्रममा पुगेर मन्त्री गुप्ताले ताली बजाउँदै आफूलाई दल समर्थित मन्त्रीका रुपमा प्रस्तुत गरेका थिए । चुनाव गराउँन गठन भएको नागरिक सरकारमा दल समर्थित मन्त्रीहरुको बाहुल्यता हुन थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले दलमा लागेका र लाग्न खोजिरहेका मन्त्रीहरुलाई राजीनामा दिन भनेकी छिन् ।
प्रधानमन्त्रीले आफूलाई समेत राजीनामा दिन भनेपछि मन्त्री गुप्ता तनावमा परेका हुन् । उनले रास्वपा प्रवेशको औपचारिक घोषणा नगरेपनि ताली बजाउँने काममा भने खुलेरै साथ दिएका छन् ।





