Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रधानमन्त्री कार्कीले गरिन् ओलीको प्रशंसा


प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीलाई भेट्न बिहिबार बालुवाटार पुगेका ओलीले चुनावप्रति देखाएको तदारुकताको कार्कीले प्रशंसा गरेकी हुन् । प्रधानमन्त्री कार्की र ओलीबीच करिब ३ घन्टा भेटवार्ता भएको थियो । ३ घन्टा लामो भेटवार्तामा उनीहरुबीच के के विषयमा कुराकानी भए भन्ने कुरा भने विस्तृत सार्वजनिक भएको छैन ।

अहिले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी बिरामी परी उपचाररत रहेका कारण ओलीले प्रधानमन्त्रीसँगको भेटमा सुवेदीको स्वास्थ्य लाभको कामना समेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार