Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

अमेरिका भ्रमणको लोभमा पर्दा मन्त्री गुप्ताको पद धरापमा


अमेरिका भ्रमणको लोभले गर्दा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पद धरापमा परेको छ ।

गत सोमबार मन्त्रीपरिषदबाट अमेरिका भ्रमण स्विकृत गराउँन सफल भएपनि मन्त्री गुप्ता भ्रमणमा जान पाउँने सम्भावना भने अत्यन्तै क्षिण बनेको छ । भ्रमण टोलीमा अरु केहीलाई पनि सुटुक्क लिएर जान लागेको भन्दै सामाजिक सञ्जालमा उनको तिब्र आलोचना भइरहेको छ भने प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री गुप्ताको भ्रमणबारे प्रत्यक्ष चासो राखेकी छिन् ।

यसअघि रास्वपाको एक कार्यक्रममा ताली बजाउँन पुगेका मन्त्री गुप्ता रास्वपा निकट रहेको भन्दै उनको राजीनामा माग गरिएको थियो । नागरिक सरकारमा दलीय मन्त्री हुन नहुने भन्दै स्वयं प्रधानमन्त्री कार्कीले नै उनको राजीनामा मागेको खबर बाहिरिएको थियो । मन्त्री गुप्ताले राजीनामा नदिए उनलाई बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार