Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गतेलाई बोलाइयो


सत्तारुढ दल नेपाली कांग्रेसले कात्तिक २८ गते आइतबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी २८ गते दिउँसो १:०० बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएको हो।

बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने जानकारी दिइएको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशन तथा समसायिक विषयमा छलफल हुने बताइएको छ।

साथै, सोही बैठकले निर्वाचन समितिले प्रकाशित गरेको महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन गर्नेछ।

 


प्रतिक्रिया दिनुहोस !
विचार