Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

गगनसँग चुनाव लड्ने तयारीमा राजुनाथ पाण्डे


कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन लड्दै आएको क्षेत्रबाट काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे चुनाव लड्ने तयारीमा लागेका छन् । काठमाडौं क्षेत्र नं ४ बाट उनी चुनाव लड्ने तयारीमा लागेका हुन् ।

महानगरका मेयर बालेन साह आफू झापा ५ बाट चुनाव लड्ने र राजुनाथ पाण्डेलाई काठमाडौं ४ बाट चुनाव लडाउँने सोचमा केही समय पहिलेदेखि नै थिए । माघ ४ गते बालेन साहले महानगरको मेयरबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गर्दैछन् भने सोही दिन नै राजुनाथ पाण्डेले पनि महानगरको प्रहरी प्रमुखबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गर्दैछन् ।

गगन थापाले लगातार जित्दै आएको क्षेत्रबाट पाण्डेलाई चुनाव जित्न भने सहज नभएको कतिपयको विश्लेषण छ ।


प्रतिक्रिया दिनुहोस !
विचार