Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

हिमालयन बैंकको ३३औं वार्षिक साधारण सभा सम्पन्न


 हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनसहित बैंक र यसका सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षकमा “सिए रञ्जीव एण्ड एसोसिएट्स’ लाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ।

साथै, नियामक निकायको निर्देशनबमोजिम पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार