Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमाले विरोधिलाई फेसबुकबाटै धुलो झर्ने गरी सातो लिन सक्छौं :ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आफ्ना विरोधीलाई फेसबुक स्टाट्समार्फत धुलो पिठो बनाउन निर्देशन दिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गरे ।  ओलीले टेलिभिजनले गलत कुरा देखाइरहेकाले फेसबुकमार्फत आफू विरोधिलाई ठीक पार्न ओलीले निर्देशन दिए।

 उनले फेसबुक स्टाट्समार्फत अन्तराष्ट्रिय शक्तिहरुको हमलालाई निस्तेज बनाउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेसँग टेलिभिजन चलाउने पैसा नभएको बताए। अहिलेका टेलिभिजनहरुलाई कुनै न कुनै पार्टीले चलाइरहेको दाबी गर्दै ओलीले टेलिभिजनले आफ्नो भाषणलाई काटेर भ्रम फैलाइरहेको आरोप लगाए।

आफ्नो कला, साहित्य, प्रचार माध्यम र सामाजिक सञ्जालमार्फत यस्ता भ्रमहरु चिर्नुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएका छन् । आफूहरु नभएको भए २०१७ साल आइसक्थ्यो भन्दै उनले अघि भने, ‘आज त हामीसँग हरेकसँग मोबाइल छ । कसैले गलत कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी, फेरिदेखि त्यस्तो टिप्पणीहरु नगर्ने गरी त्यसको सातो लिन सक्छौं ।’

कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उनले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामी पनि यस वारमा यथाशक्य सामेल हुनुपर्छ । हामी ठूलो संख्यामा छौं । ठूलो संख्यामा भएकाले हामी सरिक भयो भने कसैमा भ्रम पर्न जरुरी छैन ।’


प्रतिक्रिया दिनुहोस !
विचार