काभ्रेबाट चुनाव लड्दै आएका एमाले नेता गोकुल बास्कोटाको टिकट होल्ड गरिएको छ ।
एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट आन्तरिक प्रतिष्पर्धा गरेको प्रायः नेताहरुको टिकट होल्ड गर्ने क्रममा बास्कोटाको टिकट पनि होल्ड गरिएको हो । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी काभ्रे २ बाट विजयी भएका थिए । तर, यसपटक ईश्वर पोखरेल प्यानलमा लागेकै कारण उनले टिकट पाउँने या नपाउँने निश्चित भएको छैन ।
यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार एमाले सचिवालय बैठकले ओलीलाई दिएको छ । प्रायः क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको एमालेले यसअघि ईश्वर पोखरेल पक्षका नेताले प्रतिष्पर्धा गरेको क्षेत्रमा भने उम्मेदवारको टुंगो लगाउँन बाँकी राखेको छ ।





