Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

योगेश भट्टराईको टिकट होल्ड, प्रतिशोध साँध्दै ओली


ताप्लेजुङबाट चुनाव लड्दै आएका एमाले उपमहासचिव योगेश भट्टराईको टिकट होल्ड गरिएको छ ।

एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट आन्तरिक प्रतिष्पर्धा गरेका प्रायः नेताहरुको टिकट होल्ड गर्ने क्रममा भट्टराईको टिकट पनि होल्ड गरिएको हो । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी ताप्लेजुङबाट विजयी भएका थिए । तर, यसपटक ईश्वर पोखरेल प्यानलमा लागेकै कारण उनले टिकट पाउँने या नपाउँने निश्चित भएको छैन । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार एमाले सचिवालय बैठकले ओलीलाई दिएको छ ।

प्रायः क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको एमालेले यसअघि ईश्वर पोखरेल पक्षका नेताले प्रतिष्पर्धा गरेको क्षेत्रमा भने उम्मेदवारको टुंगो लगाउँन बाँकी राखेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार