सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ को चुनावमा उम्मेदवारी दिने योजना सहित मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
पदमा बहाल रहेकै अवस्थामा उम्मेदवारी दिन नैतिक संकट हुने भएकाले उनले राजीनामा दिने तयारी गरेका हुन् । मंगलबार उम्मेदवारी मनोनयनको दिन भएकाले उनले ढिलोमा भोलिसम्म राजीनामा दिने बुझिएको छ । मन्त्री खरेलले दुईदिनअघि मात्रै एक सार्वजनिक कार्यक्रममा फागुन २१ को चुनावसँगै संसद र सरकारमा जाने चाहना आफ्नो रहेको बताएका थिए ।
उनी ललितपुरबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी रास्वपाबाट चुनावी मैदानमा उत्रने योजनामा छन् ।





