Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

धमाधम गगन थापातिर लागे देउवा पक्षका नेता, माग्न थाले टिकट


गगन थापा पक्षले कांग्रेसको आधिकारिकता पाएसँगै देउवा पक्षधर नेता कार्यकर्ता गगन थापातिर लाग्न थालेका छन् ।

यसअघि देउवा पक्षमा देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता गगन थापा पक्षमा लाग्न थालेका हुन् । फागुन २१ को निर्वाचनमा रुख चुनाव चिन्हबाटै चुनाव लड्ने भन्दै उनीहरुले थापासँग टिकटका लागि समेत आग्रह गर्न थालेका छन् ।

यद्यपि सभापति थापाले भने आफूले मात्रै निर्णय गरेर नहुने भन्दै यस सम्बन्धी बोर्ड नै गठन गरेको जानकारी दिएका छन् । माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेपछि नेताहरुमा छट्पटी शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार