Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?


पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३, भक्तपुरमा १२, रुपन्देहीमा १०, ललितपुरमा ९, सुनसरीमा ६, धनुषा र बाँकेमा ४र४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार