Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

गगन थापा सर्लाही ४ बाट चुनाव लड्ने


कांग्रेस सभापति गगन थापाले काठमाडौं ४ छाडेका छन् । यसअघि लगातार ३ पटक निर्वाचन जितेको क्षेत्र छाडेर उनी सर्लाही गएका हुन् ।

सभापति थापा सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बन्नेछन् । लगातार चुनाव जितिरहेको क्षेत्र छाडेर उनले किन सर्लाही रोजे भन्ने खुलेको छैन ।

यसअघि २०७९ को निर्वाचनमा सर्लाही ४ बाट अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए । अमरेशकुमार सिंह अहिले भने रास्वपा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार