Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

३४ वर्षपछि डडेल्धुरामा फेरिए कांग्रेस उम्मेद्वार, देउवाको ठाउँमा नैनसिंह महर


कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले चुनाव लड्दै आएको डँडेल्धुराबाट कांग्रेसले नैनसिंह महरलाई टिकट दिएको छ ।

देउवा चुनाव नलड्ने भएपछि कांग्रेसले महरलाई प्रतिनिधिसभा सदस्य पदका लागि टिकट दिएको हो । ३४ वर्षपछि डँडेल्धुरामा कांग्रेसको उम्मेदवार परिवर्तन भएको हो । विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुअघि देउवाले अन्तिमपटक निर्वाचन लड्ने चाहना व्यक्त गरेको खबर बाहिरिएको थियो । तर, कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेसँगै देउवाले गगन हस्ताक्षतिर टिकटबाट चुनाव लड्न अनिच्छा व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार