Logo
७ बैशाख २०८३, मंगलवार
|  Tue Apr 21 2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


सुनको  मूल्य लगातार उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साता को पहिलो कारोबारको दिन आइतबार (माघ ११) छापावाल सुन तोलामा २४ सय बढेको हो ।
आजको मूल्यअनुसार एक तोला सुन किन्न उपभोक्ताले तीन लाख तीन हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ ।
शुक्रबार (माघ ९) तीन लाख एक हजार ४०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि तोलामा २९० बढेको छ । यससँगै चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको हो । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार