Logo
३० जेष्ठ २०८३, शनिबार
|  Sat Jun 13 2026

रिमाको अनौठो वाचा : स्याङजामा रास्वपाका उम्मेदवारलाई जिताए बालेनले रविलाई स्याङजामा घुमाउन लैजाने


आउँदो चुनावमा रास्वपाकातर्फबाट स्याङजामा उम्मेदवार रहेकाहरुलाई जिताए बालेन साह र रवि लामिछानेलाई स्याङजामा घुमाउँन लैजाने वाचा रास्वपा नेतृ रिमा विश्वकर्माले गरेकी छिन् ।

स्याङजामा आयोजित एक कार्यक्रममा नेतृ विश्वकर्माले यस्तो वाचा गरेकी हुन् । अहिले उनको वाचा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आफ्नो क्षमता अनुसार मान्छेले वाचा गर्ने बताउँदै रिमाले झुटो बोलेर अरु यस्तो त्यस्तो गर्छु भन्नु भन्दा यही नै सही भएको कतिपयले बताएका छन् । कतिपयले भने उनलाई उडाउन सम्म उडाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार