Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

गगनले भित्र्याए सर्लाहीका ४ वडा अध्यक्षलाई कांग्रेसमा


कांग्रेस सभापति गगन थापाले सर्लाहीका ४ जना वडा अध्यक्षहरुलाई नेपाली काग्रेस प्रवेश गराएका छन् । आफू सर्लाही ४ बाट उम्मेदवार बनेका थापाले विभिन्न वडाका ४ जना वडाअध्यक्षलाई नै नेपाली
सर्लाहीका ४ जना वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन्।

गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र ११ का अध्यक्ष विश्वनाथ पण्डित पार्टीमा प्रवेश गरेको कांग्रेसले जनाएको छ।

सभापति गगन थापाले वडाध्यक्षहरूलाई पार्टीमा स्वागत गरेका छन्। सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्। सभापति थापालाई सहयोग गर्न आफूहरू कांग्रेस प्रवेश गरेको वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितको भनाइ छ।

गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, ५ का अध्यक्ष जसपा तथा ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए।

साथै गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार