Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

रविको फेक फोटो भाइरल, खुट्टाको लामो प्लास्टर असत्य


रास्वपा सभापति रवि लामिछाने हस्पिटलको बेडमा खुट्टाको प्लास्टर सहित देखिएको भाइरल फोटो फेक भएको बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालले अहिले सामाजिक सञ्जालमा भेटिएका फोटोहरु उक्त अस्पतालको नभएको विज्ञप्ती नै निकालेको छ । सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा उनको खुट्टा प्लास्टर गरिएको देख्न सकिन्छ भने अर्को एउटा खुट्टा उनले दोबरेर बसेको देखिन्छ । उक्त फोटो एआई निर्मित भएको आशंका गरिएको छ । यसैबीच लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। अस्पतालले भनेको छ :

‘माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले माघ १० गते अस्पतालमा हाडजोर्नी विभागअन्तर्गत भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ,’


प्रतिक्रिया दिनुहोस !
विचार