रास्वपा झुटहरुको पार्टी रहेको आरोप लगाउँदै रास्वपा नेता प्रणय राणाले पार्टी परित्याग गरेका छन् ।
प्राइमरी इलेक्सनका नाममा पार्टीले आकांक्षी उम्मेदवारबाट पैसा उठाएको तर, प्राइमरी इलेक्सन नै नगरी कोटाबाट उम्मेदवार छनोट गरेको भन्दै उनले रास्वपा परित्यागको घोषणा गरेका हुन् । रास्वपाले कुनैपनि चुनावमा प्राइमरी इलेक्सन गरेर मात्रै उम्मेदवार छनोट गर्ने नीति रहेको बताएपनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार चयन गर्दा उसले बिना प्राइमरी इलेक्सन उम्मेदवार तय गरेको थियो ।
प्रणय राणा अघिल्लो चुनावमा काठमाडौं ५ बाट रास्वपाका उम्मेदवार रहेका थिए । यसपटक रास्वपाले २५ हजार रुपैंयाँ प्राइमरी इलेक्सनका नाममा लिएको तर, बिना इलेक्सन उम्मेदवार छनोट गरेको उनको आरोप रहेको छ ।





