Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

चुनाव नहुने हल्लाका पछाडि नलाग्न प्रचण्डको आग्रह


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा पाखा लगाइएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले निर्वाचन हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा पाखा लगाइएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको बताए ।

उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न आग्रह गरे । प्रचण्डले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेलको केही अर्थ नरहेको स्पष्ट पारे ।

प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका विषयमा दृढतापूर्वक अडिएको स्मरण गरे ।

उनले केही दिन हावाहुरी आएजस्तो देखिए पनि हावाहुरी सधैँ नचल्ने जनताले बुझिसकेको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार