Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पर्वतमा प्रलोपा–उज्यालोबीच सहमति, प्रत्यक्षमा चिम र समानुपातिकमा आँखामा मतदान गर्ने


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उज्यालो नेपाल पार्टीले पर्वतमा चुनावी सहकार्य गरेका छन् । शुक्रबार दुवै पार्टीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी सहकार्य गर्ने सहमति गरेका हुन् ।

सहमतिअनुसार समानुपातिकमा प्रलोपाको आँखा चुनाव चिन्हमा मतदान गर्ने र प्रत्यक्षतर्फ उज्यालो पार्टीको चिम चुनाव चिन्हमा मतदान गर्ने भनिएको छ । यस्तै सहमतिपश्चात संयुक्त रूपमा प्रचार–प्रसारमा सहभागी हुन पनि कार्यकर्तालाई आह्वान गरिएको छ ।

सहमतिपत्रमा प्रलोपाबाट पर्वत जिल्ला इन्चार्ज सुनिल पौडेल र उज्यालो पार्टीका तर्फबाट उम्मेदवार यमबहादुर चोचांङी पुनले हस्ताक्षर गरेका छन् ।

उज्यालो पार्टीबाट पर्वतमा यमबहादुर नै उम्मेदवार छन् । उनी पार्टीका पर्वत संयोजक पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार