Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

सिंगापुरबाटै देउवाको चलखेल, माग्न लगाउँदै गगनको राजीनामा


चुनावअघि सुटुक्क सिंगापुर हानिएका शेरबहादुर देउवाले उतैबाट राजनीतिक चलखेल शुरु गरेका छन् ।

चुनावमा भोट हाल्नुपर्ने नागरिकको सामान्य दायित्व समेत बहन गर्न नसकेका देउवा कांग्रेसको पराजयबाट भने अचम्मित बनेका छन् । कांग्रेसले नराम्रो पराजय बेहोरेको भन्दै अहिले उनी निकटका नेताहरुले सभापति गगन थापाको राजीनामा देउवाकै योजना अनुसार माग्न थालेको राजनीतिक वृत्तमा चर्चा छ ।

कांग्रेसको यो पराजयमा गगनलाई दोष थोपरेर आफूहरु नै ठिक थियौं भन्ने देखाउनु उनी र उनी पक्षिय नेताहरुको यतिबेला मुख्य ध्येय रहेको कतिपयको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार