गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई लिखित स्पष्टीकरण बुझाएका छन् । अनुसन्धानका लागि हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँगको साँठगाँठका सन्दर्भमा उनले लिखित स्पष्टीकरण बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको स्पष्टीकरणपछि के गर्ने भन्ने विषयमा प्रधानमन्त्री शाहले कोर टिमसँग सल्लाह गरिरहेका छन् ।






