Logo
१५ बैशाख २०८३, बुधबार
|  Wed Apr 29 2026

रास्वपा सांसदहरुलाई लामिछानेको कडा निर्देशन


रास्वपा सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन निर्देशन दिएका छन् । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको अनौपचारिक बैठकमा रविले निर्देशन दिएका हुन् ।

रास्वपाले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नका लागि रास्वपाले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसको संयोजनको जिम्मा सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिएको छ ।

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लब को अभ्यास हुँदैछ।


प्रतिक्रिया दिनुहोस !
विचार