राष्ट्रपति रामचन्द्र पौडेल तनावमा परेका छन् ।
एकातिर सरकारले प्रमाणिकरणका लागि भन्दै विभिन्न अध्यादेश सिफारिस गरेको छ भने अर्कातिर विपक्षी दलहरुले प्रमाणिकरण नगरी ती अध्यादेश फिर्ता गर्न पत्र लेखेका छन् । यी परस्पर विरोधी दबाबका बीच राष्ट्रपति पौडेल कानुनी परामर्शमा व्यस्त भएका हुन् ।
दुईदिनयता मात्रै सरकारले संवैधानिक परिषद, सहकारी लगाएतसँग सम्बन्धित विभिन्न ६ वटा अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ । सरकारले अध्यादेश सिफारिस गरे लगत्तै बुधबार विपक्षी दलहरुको बैठकले राष्ट्रपति पौडेललाई प्रमाणिकरण नगर्नका लागि भन्दै पत्र लेखेको थियो ।






