Logo
२० बैशाख २०८३, सोमबार
|  Mon May 4 2026

कार्की नेतृत्वको सरकारबाट नियुक्ति पाएका आदर्शको पनि जागिर चेट


सुशीला कार्की नेतृत्वको सरकारबाट नियुक्ति पाएका प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठको जागिर पनि चेट भएको छ । बालेन सरकारले ल्याएको अध्यादेशको घानमा श्रेष्ठ पनि परेका हुन् । उनी कार्की सरकारको कार्यकालको अन्तिम अन्तिम समयमा प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका थिए ।

अध्यादेश आएपछि कार्की सरकारको पालामा नियुक्त भएका प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठ सहित प्रेस काउन्सिलका अध्यक्ष कुमार शर्मा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी पनि पदमुक्त भएका छन् ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै सार्वजनिक निकायमा विभिन्न सरकारका पालामा राजनीतिक नियुक्ति पाएका झण्डै १६ सय पदमुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार