Logo
२३ बैशाख २०८३, बिहीबार
|  Thu May 7 2026

सांसद केपी खनालको घर भत्काउँन मिल्दैन : पन्त


कलाकार हिमेश पन्तले रास्वपा सांसद केपी खनालको घर भत्काउँन नमिल्ने बताएका छन् ।

खनालको घर भत्काए लाखौंको घर भत्काउँनुपर्ने अवस्था आउँने भन्दै उनले गलत भाष्य निर्माण गर्न नहुने बताए । एक भिडियो अन्तर्वार्तामा कलाकार पन्तले केपी खनाललाई आफूले लामो समयदेखि चिनेको भन्दै उक्त घर खनालका बुबा आमाले मजदुरी गरेर बनाएको उल्लेख गरे ।

सांसद खनालको घर ऐलानी जग्गामा रहेको भन्दै उनको घरबारे प्रश्न उठिरहेका बेला पन्तको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार