प्रधानमन्त्री बालेन साह संसदमा बोल्ने भएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज प्रधानमन्त्री साहले दिने बताइएको छ । प्रधानमन्त्री भएपछि संसद बैठकमा प्रधानमन्त्रीले नबोलेको भन्दै विपक्षीहरुले आलोचना गर्दै आएका थिए । राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको भन्दै व्यापक आलोचना समेत हुँदै आइरहेको छ ।






