Logo
३० बैशाख २०८३, बिहीबार
|  Thu May 14 2026

प्रधानमन्त्री प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको सचेतक राईको आरोप


काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन साह अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक राईले प्रधानमन्त्री साह प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए ।

उनले बैठकमा प्रधानमन्त्री अनुपस्थित भए विरोध जारी रहने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नु भएको त छैन ? प्रधानमन्त्री अनुपस्थित भए विरोध जारी रहन्छ ।’

उनले कार्यकारी प्रमुखले सदन जस्तो संस्थालाई बंक गर्नु दुःखलाग्दो कुरा भएको बताए । उनले भने, ‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका सांसदको भनाइ सापट लिँदै भन्छु प्रधानमन्त्रीले यो गुरुकूल विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ ।’

उनले प्रधानमन्त्री देशभित्र रहनु भएको र संसद भवनबाट १०० मिटरको दूरीको कार्यक्रम नआउनुलाई के भन्ने भन्दै प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार