काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।
गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।उनले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
उनले दिएको अभिव्यक्ति हटाउन हिजो बसेको बैठकमा एमाले सांसद ऐन महरले हटाउन माग गरेका थिए ।






