Logo
३० बैशाख २०८३, बिहीबार
|  Thu May 14 2026

संविधान संशोधन राजनीतिक गणितको जोडघटाउ मात्र होइन,साझा ढुकढुकी बन्नुपर्छ:सुहाङ नेम्वाङ


काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संविधान र अर्थतन्त्रका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नेम्वाङले संविधान संशोधनको विषय केवल राजनीतिक अंकगणितको जोडघटाउमा मात्र सीमित हुन नहुने बताएका हुन् ।

संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र संशोधनको चर्चा भइरहँदा संशोधन अग्रगमनका लागि हुनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताका अपेक्षा, भरोसा र प्रश्नहरूलाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्दै उनले नीति तथा कार्यक्रममा जनताको आशा जगाउने ठोस योजना नभेटिएको जिकिर गरे ।

सुशासनका नाममा राज्यको दमन वा त्रास फैलाउने कार्यप्रति उनले विरोध जनाए । सुशासन राज्यको दमन, बन्दूक वा जेल देखाएर मात्र सम्भव नहुने भन्दै बलियो प्रणाली र पद्धतिको विकासमा सुहाङको जोड छ ।


प्रतिक्रिया दिनुहोस !
विचार