Logo
३० बैशाख २०८३, बिहीबार
|  Thu May 14 2026

‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो’:रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरेर आतंकित सिर्जना गरेको बताएकी छिन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी हुन् । सरकारले अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा मानिसरमा भय र त्रास सिर्जना गर्ने काम गरिरहेको बताइन् ।

सांसद झाँक्रीले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पुर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताइन् । सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमहरूको निरन्तरता भएको उनको टिप्पणी छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार