Logo
३० बैशाख २०८३, बिहीबार
|  Thu May 14 2026

वडा सभापतिले अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने गगन थापाको चेतावनी


Gagan Thapa

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वडा सभापतिले क्रियाशील सदस्यता अद्यावधिकको काम नगरे अर्को व्यक्तिलाई जिम्मा दिने चेतावनी दिएका छन् ।

कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक विधानमा व्यवस्था भएको पार्टी काम भएको बताए ।

सदस्यता अद्यावधिकको काम नगर्ने कसैलाई पनि पदबाट भने नहटाउने सभापति थापाको भनाइ छ ।सभापति थापाले सदस्यता अद्यावधिकको समयावधि एक महिना थप गरिने पनि बताए । यसअघि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म अद्यावधिकको काम गरिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार