Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

अवैध सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने अर्जुननरसिंह केसीको माग


काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरेर कारबाही सुरु गर्नुपर्ने बताएका हुन् ।सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा २०५८ सालमा सम्पत्ति छानबिन आयोग गठन भएको थियो । त्यही आयोगलाई बोलीचालीमा लम्साल आयोग भन्ने गरिएको छ ।

अवैध सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने केसीको माग छ । उनले भने, ‘अवैध सम्पत्तिको छानबिन गर्न बंगलादेशमा जस्तै शक्तिशाली आयोग गठन गरियोस् ।’ स्वीस बैंकमा विगतको तुलनामा नेपालीको पैसा बढ्दै केसीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार