Logo
३१ बैशाख २०८३, शुक्रबार
|  Fri May 15 2026

कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशित,कुन–कुन अधिकार प्रधानमन्त्री कार्यालयमा?


काठमाडौँ । सरकारले ‘कार्य विभाजन नियमावली, २०८३’ जारी गर्दै विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर गरेको छ। नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले यो नियमावली बनाएको हो।

नेपाल राजपत्रमा प्रकाशित यस नियमावलीले यसअघि कायम रहेको ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४’ लाई खारेज गरेको छ।

नयाँ नियमावलीको अनुसूची–१ अनुसार नेपाल सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयहरू रहने व्यवस्था गरिएको छ। जसमध्ये केही मन्त्रालयहरूको कार्यक्षेत्र विस्तार गरिएको छ भने केहीलाई गाभिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले गृह मन्त्रालय मातहत रहेकाे राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याएका छन् । यसअघि प्रधानमन्त्री कार्यालय मातहत रहेकाे राष्ट्रिय अनुसन्धान विभागलाई तत्कालीन सुशीला कार्की नेतृत्वकाे सरकारले पुनः गृह मन्त्रालय मातहत नै फर्काएकाे थियाे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७४ सालमा विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगेको थियो ।अब मन्त्रालय, परिषद्, आयाेग र विभिन्न समिति गरी प्रधानमन्त्रीकाे नेतृत्वमा ३१ सरकारी निकाय छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार