Logo
३१ बैशाख २०८३, शुक्रबार
|  Fri May 15 2026

हर्कलाई ३५ वर्षे इतिहास सम्झाउँदै ज्ञानेन्द्र,प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण छैन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स‌ंसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको राजीनामा माग नगर्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस कारण नभएको स्पष्ट पारेका हुन्।

विगत ३५ वर्षसम्म देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिहरू विरुद्ध नै जनताले अहिलेको मतदान गरेको उल्लेख गर्दै उनले जनताको मत र जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। शाहीले देशलाई अगाडि बढाउन सबै मिलेर जानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीलाई प्रजातान्त्रिक बन्न र संसद्प्रति उत्तरदायी हुन मात्र आफूहरूको माग रहेको बताएका छन्।

शाहीले विगतको गलत शासन पद्धतिको विरुद्धमा आएको जनमतलाई कदर गर्दै अगाडि बढ्न हर्क साम्पाङलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार